शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

बिहीबार , मंसिर २० २०८१
खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ।

काठमाडौं- एनआईसी एसिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ।

बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण 'आयकर ऐन २०५८' बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले बैंकले प्यान अद्यावधिक गर्न अनुरोध गरेको जनाएको छ।

ग्राहकहरूले बैंकको पोर्टल प्यानअपडेट डट एनआईसी एसिया बैंक डटकम वा मोबाइल बैंकिङ एप (एनआईसी एसिया मोबैंक) मा रहेको 'प्यान अपडेट' विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन्।

साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ।

बैंकका अनुसार यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ। उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालितरुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ। जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ।

ग्राहकले प्यान अद्यावधिक नगराएका कारणले ई-टीडीएस मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यसउप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने बैंकले जनाएको छ।


प्रकाशित : बिहीबार , मंसिर २० २०८११७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend