शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनएमबि बैंकलाई अवार्ड

बिहीबार , मंसिर २० २०८१
एनएमबि बैंकलाई अवार्ड

एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना २ सय १ शाखा, १ सय ८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

काठमाडौं- एनएमबि बैंकलाई २०२४ को यूएन वुमन एसिया-प्यासिफिक डब्लूईपीएस अवार्डअन्तर्गत लैंगिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै यो विशेष अवार्ड प्रदान गरेको छ। यो सम्मान लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मानस्वरुप प्राप्त गरेको अवार्ड हो।

यूएन वुमन र यूएन ग्लोबल कम्प्याक्टद्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैंगिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरिएको छ। एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको जनाएको छ।

ती प्रयासहरुमा सी लिड्स टुमोरो स्कलरसीप, एनएमबि नेक्स्टजेन बैंकिङ लिडर्स स्कलरसीप, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकासका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित सीएसआर गतिविधिहरू रहेका छन्।

यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा डब्लूईपीएसअन्तर्गतको यूएन वुमनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको बैंकको भनाइ छ। एसिया-प्यासिफिक देशका ६ सयभन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड एनएमबि बैंकलाई प्रदान गरिएको बैंकले जनाएको छ। यस अवार्डले एनएमबि बैंकलाई निरन्तररुपमा समावेशी र दीगो विकाश गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघी बढ्न प्रोत्साहन मिलेको पनि बैंकले जनाएको छ।

एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना २ सय १ शाखाहरु, १ सय ८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : बिहीबार , मंसिर २० २०८११७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend