शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार , मंसिर २० २०८१
प्रतितोला तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला १५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- बिहीबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले वृद्धि भएको छ। बुधबार प्रतितोला एकसय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार पनि वृद्धि हुँदै प्रतितोला एक लाख ५० हजार सातसय रूपैयाँ पुगेको छ।

बुधबार सुन प्रतितोला एक लाख ५० हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बिहीबार प्रतितोला १५ रूपैयाँले बढेर प्रतितोला एक हजार ५ सय ८० रूपैयाँ पुगेको छ।

बुधबार चाँदी प्रतितोला २० रूपैयाँले बढेर प्रतितोला एक हजार ८ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , मंसिर २० २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend