बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस

images
बुधबार, मंसिर १९ २०८१
images
images
नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस

कम्पनीले मंसिर १८ गतेदेखि लागु गरेको यो सेवा आगामी पुस १७ गतेसम्म उपलब्ध हुने जनाएको छ।

images
images

काठमाडौं- नेपाल टेलिकमले मोबाइल पोइन्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराएको छ।

images
images

नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिन्छ। यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै एमपीओएस नमस्ते पे, इसेवा, खल्ती, आईएमईपेलगायतका डिजिटल वालेटहरु विकल्पको रुपमा रहेका छन्।

images
images

कम्पनीले मंसिर १८ गतेदेखि लागु गरेको यो सेवा आगामी पुस १७ गतेसम्म उपलब्ध हुने जनाएको छ।

images
images

एमपीओएस रिचार्ज गर्दा ग्राहकले ५० देखि ९९ सयसम्मको रिचार्जमा तीन दिनका लागि २० मिनेट अन नेट भोइस सुविधा प्राप्त गर्नेछन् भने एक सयदेखि एकसय ९९ सम्मको रिचार्जमा ५० मिनेट, दुई सयदेखि ४ सय ९९ सम्मको रिचार्जमा दुई दिनका लागि दुई जीबी डेटा र पाँचसयदेखि माथिको रिचार्जमा चार दिनका लागि ८ जीबी डेटा प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ।

ग्राहकले सहजरुपमा कम्पनीका सेवाहरुमार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विभिन्न विद्युतीय माध्यमबाट टपअप गर्न सकिने व्यवस्था कम्पनीले गरेको जनाएको छ।

यसका साथै सहज तवरले अविछिन्न रुपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरुको लागि नमस्ते सापटीको सुविधा कम्पनीले उपलब्ध गराएको छ। प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले स्टार्ट टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा *१४७७# डायल गरी छनौट गरेर सापटी लिन सक्नेछन्।


प्रकाशित : बुधबार, मंसिर १९ २०८११४:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend