बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर

images
बुधबार, मंसिर १९ २०८१
images
images
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर

फ्रेमवर्कमा कुन-कुन विषय समावेश गरेर हस्ताक्षर गरियो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) 'सहकार्य फ्रेमवर्क'मा हस्ताक्षर भएको छ। 

images
images
images

फ्रेमवर्कका विषयमा नेपाल र चीनका उच्च अधिकारीहरूबीच दुई दिनसम्म अनौपचारिक वार्ता भएको थियो। फ्रेमवर्कमा कुन-कुन विषय समावेश गरेर हस्ताक्षर गरियो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।  

images
images

बेइजिङमा आज बुधबार भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ड एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन्।

images
images
images

चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहेको तेस्रो दिन यो सम्झौता भएको हो।

सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएसँगै अब नेपालले चीनले अघि बढाएको र सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाउने विषयमा थप समय पाउने देखिएको छ। 

सुरुङमार्गदेखि रेलमार्गसम्मका दर्जनौँ परियोजना अगाडि बढाउन चिनियाँ पक्ष सहमत, कुन-कुन परियोजनामा भयो सहमति? सुरुङमार्गदेखि रेलमार्गसम्मका दर्जनौँ परियोजना अगाडि बढाउन चिनियाँ पक्ष सहमत, कुन-कुन परियोजनामा भयो सहमति?


प्रकाशित : बुधबार, मंसिर १९ २०८११३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend