काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
मंगलबार प्रतितोला एक हजार रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला एकसय रूपैयाँले बढेर प्रतितोला एक लाख ५० हजार चारसय रूपैयाँ कायम छ। मंगलबार सुन प्रतितोला एक लाख ५० हजार तीनसय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि मंगलबारको तुलनामा बुधबार प्रतितोला २० रूपैयाँले वृद्धि भएको छ।
मंगलबार प्रतितोला एक हजार ८ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला एक हजार ८ सय ६५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।