शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बुधबार, मंसिर १९ २०८१
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बुधबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले महँगिएको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

मंगलबार प्रतितोला एक हजार रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला एकसय रूपैयाँले बढेर प्रतितोला एक लाख ५० हजार चारसय रूपैयाँ कायम छ। मंगलबार सुन प्रतितोला एक लाख ५० हजार तीनसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि मंगलबारको तुलनामा बुधबार प्रतितोला २० रूपैयाँले वृद्धि भएको छ।

मंगलबार प्रतितोला एक हजार ८ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला एक हजार ८ सय ६५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, मंसिर १९ २०८११२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend