शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनपीएलका फ्यानका लागि डिशहोमको इन्टरनेट जडानमा थप ३ महिनाको बोनससहित नि:शुल्क फाइभ-जी राउटर

मंगलबार, मंसिर १८ २०८१
एनपीएलका फ्यानका लागि डिशहोमको इन्टरनेट जडानमा थप ३ महिनाको बोनससहित नि:शुल्क फाइभ-जी राउटर

पुराना ग्राहकहरूले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन्।

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को सुरूवातसँगै डिशहोमले एनपीएलका फ्यानहरूलाई लक्षित गर्दै आफ्नो इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ।

कम्पनीले २०० एमबीपीएस र ३०० एमबीपीएस वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनससहित नि:शुल्क राउटरको अफर ल्याएको जनाएको छ।

डिशहोमले एनपीएलको डिजिटल स्ट्रिमिङ अधिकार पनि प्राप्त गरेको छ। यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

पुराना ग्राहकहरूले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन्।

नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन्।

प्रकाशित : मंगलबार, मंसिर १८ २०८११७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend