शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

दिपलले ल्याउने भयो ‘सोनु निगम लाइभ इन नेपाल’

मंगलबार, मंसिर १८ २०८१
दिपलले ल्याउने भयो ‘सोनु निगम लाइभ इन नेपाल’

कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात गर्दै दिपलले आउँदो २५ डिसेम्बर (पुस १० गते) हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो।

काठमाडौं- छोटो समयमै नेपालमा निकै लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमको निकै प्रतिक्षित कन्सर्टमा मुख्य प्रायोजकका रुपमा हिस्सा लिने भएको छ। 

कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात गर्दै दिपलले आउँदो २५ डिसेम्बर (पुस १० गते) हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो। 

नेपाली टच इभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको यो कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन आज एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले एमओयुमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा नेपाली कमेडियन तथा दिपलका प्रमोटर सन्दिप क्षेत्री पनि थिए। 

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक विवेक सिकारियाले सोनु निगम लाइभ इन नेपालको मुख्य प्रायोजका रुपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए। उनले प्रिमियम र अविश्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली स्रोतामाझ लेगेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए। 

त्यसैगरी नेपाली टच इभेन्ट्सका राज गोस्वानीले दिपलसँगको यो पार्टनरसिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जनबीचको समन्वयको प्रमाण रहेको बताएका थिए। 

बलिउडको सबैभन्दा बढी सुनिएका चर्चित गायक सोनु निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीतसंगीतबाट भरपुर मजा दिने अपेक्षा दिपलले गरेको छ। यो कन्सर्टको टिकट एक्स्क्लुसिभली इसेवामा उपलब्ध हुनेछ।

नेपालमा सार्वजनिक भएको केही समयमै आफ्नो फ्युचरिस्टिक डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय फिचरका कारण ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको दिपल हालसम्म ६ सय ५० भन्दा दिपल विक्री भइसकेको छ।


प्रकाशित : मंगलबार, मंसिर १८ २०८११३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend