बिहीबार , मंसिर २० गते २०८१    
images
images

मर्मत भएको इन्जिन ४४ दिनदेखि इजरायलमा, भाडाको इन्जिनमा दैनिक १० लाख खर्च

images
मंगलबार, मंसिर १८ २०८१
images
images
मर्मत भएको इन्जिन ४४ दिनदेखि इजरायलमा, भाडाको इन्जिनमा दैनिक १० लाख खर्च
images
images

काठमाडौं- नेपाल वायुसेवा निगम व्यवस्थापनको चरम लापरबाहीका कारण मर्मत भएको इन्जिन ४४ दिन बितिसक्दा पनि नेपाल ल्याइएको छैन। मर्मत इन्जिन नल्याएको निगमले भाडाको इन्जिनमा भने दैनिक १० लाख रुपैयाँ खर्च गरिरहेको छ।

images
images
images

निगमले अन्तर्राष्ट्रिय उडानमा हवाई सेवा दिँदै आएको कलसाइन 'नाइन एन एकेएक्स' जहाजमा भाडाको इन्जिन प्रयोग भइरहेको छ।जहाजमा २०२३ को सेप्टेम्बर २८ देखि एउटा भाडाको इन्जिन छ।

images

निगम व्यवस्थापनले २०२३ को नोभेम्बर ३० मा बिग्रिएको इन्जिन मर्मतका लागि २०२४ को अप्रिल २८ मा इजरायलको 'इजरायल एरोस्पेस इन्डस्ट्रिज'मा मर्मतका लागि छाडेको थियो।

images

अप्रिलमा छोडिएको इन्जिन मर्मतमा कम्पनीले ढिलासुस्ती गरिरहेको थियो। ६५ दिनमा मर्मत गरेर दिने सर्तमा इन्जिन इजरायल पठाइएको थियो। कम्पनीले काममा ढिलासुस्ती गर्दै २०२४ को अक्टोबर २० मा इन्जिन मर्मत भएकोले लिन आउने भन्दै निगममा खबर गरेको थियो।

कम्पनीले इन्जिन मर्मत तथा इन्जिन भाडाबापतको रकम भुक्तनी गरेर निगमलाई इन्जिन लैजान र भाडामा उपलब्ध गराइएको इन्जिन फिर्ता गर्न सूचना पठाएको थियो। तर निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भाडाको इन्जिन प्रयोग गर्दा त्यसमा कमिसन आइरहेको हुँदा इन्जिन लिन जहाज नै पठाएका छैनन्। इन्जिन नल्याइ भाडाको इन्जिनबाट जहाज उडान गर्दा निगमले दैनिक १० लाख रुपैयाँ खर्च गरिरहेको छ।

निगमले जहाज उडे पनि नउडेपनि दैनिक २ हजार डलर तथा प्रतिघण्टा २ सय ७८ डलर र प्रतिसाइकल २ सय ३९ डलरमा भाडामा लिएको इन्जिनबाट जहाज उडाइरहेको छ। यसबाट निमगलाई दैनिक १० लाख रुपैयाँ आर्थिक भार थपिएको छ।

निगमको नाइन एन एकेडब्लू जहाज २०२३ को जुन १७ मा एउटा इन्जिनमा समस्या आएपछि ग्राउन्डेड भएको थियो। ग्राउन्डेड जहाजमा २०२३ को सेप्टेम्बर २८ मा भाडाको इन्जिन राखेर उडानमा ल्याइएको थियो। साथै ६५ दिनमा इन्जिन मर्मत गरेर लिन सर्तमा इजरायल एरोस्पेस इन्डस्ट्रिजलाई इन्जिन मर्मत गर्न दिइएको थियो।

एउटै कम्पनीबाट इन्जिन भाडामा लिने र मर्मतको काम भएको थियो। उक्त विषय विवादमा समेत परेको थियो। २०२३ को सेप्टेम्बर २८ मा मर्मतका लागि दिइएको इन्जिन कम्पनीले २०२४ को अप्रिलमा २८ मा मात्रै बुझाएको थियो।

यही बीचमा सोही जहाजको अर्को इन्जिन २०२३ को नोभेम्बर ३० मा बिग्रिएको थियो। जसका कारण जहाज २०२४ को अप्रिल २८ सम्म ग्राउन्डेड भएको थियो। सेप्टेम्बरमा मर्मतका लागि दिइएको इन्जिन नोभेम्बरमा बिग्रिएको इन्जिनको ठाउँमा अप्रिल २८ मा राख्दै भाडामा लिइएको इन्जिन यथावत राखेर नै जहाज उडानमा ल्याइएको थियो।

यसरी अप्रिलमा मर्मतका लागि दिइएको इन्जिन २०२४ को अक्टोबर २० मा मर्मत भएको र लिन आउनू भनेर सूचना पठाउँदासमेत ल्याउने काम भएको छैन। इन्जिन नल्याउँदा भाडाको इन्जिनमा दैनिक १० लाख रुपैयाँ खर्च भइरहेको छ।


प्रकाशित : मंगलबार, मंसिर १८ २०८१०८:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend