शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

लिपमोटर सी १० अब चितवनमा पनि उपलब्ध

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १६ २०८१
लिपमोटर सी १० अब चितवनमा पनि उपलब्ध

लिपमोटर सी १० ले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर वातावरणमैत्री सवारीका क्षेत्रका लागि अविश्वसनीय एवम् आरामदायी अनुभव प्रदान गरेको छ।

काठमाडौं- विद्युतीय कार उत्पादक कम्पनी लिपमोटरले प्रिमियम विद्युती एसयूभी लिपमोटर सी १० अब चितवनमा पनि उपलब्ध हुने घोषणा गरेको छ। यसले नेपालमा बढ्दो मागसँगै उच्चस्तरीय विद्युतीय गाडीहरू ग्राहक माझ सहज उपलब्ध गराउने कार्यको विस्तार गरेको छ।

यस उपलब्धीलाई उत्सवको रूपमा मनाउन भरतपुर चितवनस्थित होटल सिराइचुलीमा लिपमोटर सी १० गाडी वितरण गरिएको थियो।

लिपमोटर सी १० ले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर वातावरणमैत्री सवारीका क्षेत्रका लागि अविश्वसनीय एवम् आरामदायी अनुभव प्रदान गरेको छ। यसका विस्तारित सुविधाहरू र दुरदर्शी दृष्टिकोणले सी १० लाई विद्युतीय गाडी रोज्नेहरूका लागि उत्कृष्ट विकल्प बनाएका छन्।

सांग्रिला मोटर्स प्रालि प्रतिष्ठित गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध छ। यो कम्पनी २०१७ देखि प्युजो, २०२१ देखि सिट्रोन र हाल लिपमोटरको आधिकारिक आयातकर्ता रहँदै आएको छ।

लिपमोटर सी १० अब चितवनको एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालिमार्फत उपलब्ध हुनेछ। लिपमोटर सी १० बारे थप जानकारीका लागि शोरुममा गइ बुझ्न र विद्युतीय कार ड्राइभिङको अनुभव लिन सकिने कम्पनीको भनाइ छ।


प्रकाशित : आइतबार, मंसिर १६ २०८११३:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend