बिहीबार , पुस ११ गते २०८१    
images
images

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १६ २०८१
images
images
एनसेलले ल्यायो एनपीएल फ्यान प्याक
images
images

काठमाडौं- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पार्वड बाई एनसेलका खेलहरूलाई अझ रोमाञ्चक बनाउनका लागि एनसेलले सधैँ अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याकहरु सञ्चालनमा ल्याएको जनाएको छ। 

images
images
images

यी अफरअन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएलभरी अनलाइनमार्फत खेलको मजा लिन सक्नेछन्।

images

यसका साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ। यी प्याकहरु लिने ग्राहकले एनपीएलका खेलहरु प्रत्यक्ष मैदानमा नै हेर्न टिकटलगायत अन्य आकर्षक उपहार जित्नको लागि पनि योग्य हुनेछन्।

images
images

सधै अन प्याकअन्तर्गत ग्राहकहरूले ३९९ देखि १४९९ रुपैयाँसम्मको कुनै पनि प्याकको खरिदमा ग्राहकले यूट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउँछन्। यससँगै ग्राहकहरूले अतिरिक्त डेटा शुल्कको बारेमा चिन्ता नगरी एनपीएलका रोमाञ्चक खेलहरू अनलाइन मार्फत कुनै पनि समयमा जहाँ भए पनि हेर्न सक्नेछन्।

त्यसैगरी डेटा सेवा आवश्यक भएका ग्राहकहरूका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ।  ग्राहकहरूले ५० रुपैयाँ मा १ दिनको समयसिमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्छन्। १२५ (३ दिन), १९९ (७ दिन) र ९९९ रुपैयाँ (२८ दिन) समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलहरूको मजा अनलाइन मार्फत लिन सकिन्छ। 

भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन्। ७ दिनको लागि १४९ र २८ दिनको लागि ४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ। माथि उल्लेखित सधैँ अन, अनलिमिटेड डेटा प्याकहरू, र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहकहरु एनपीएल खेलहरु मैदानमा नै हेर्नका लागि टिकट जित्न योग्य हुनेछन्। 

यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्वील’मा जाने लिंक प्राप्त गर्छन्। एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, ५० क्यासब्याक (१ दिनको समयसिमा), १०० क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा) पाउन सक्छन्। 

त्यसैगरी, एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री वितरण गर्ने जनाएको छ।

नेपाल क्रिकेट संघ (क्यान) र एनसेलले एनपीएलको लागि सहकार्य गरेको छ। यस साझेदारी अन्तर्गत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पार्वड बाई पार्टनरको रुपमा एनसेल रहेको छ।


प्रकाशित : आइतबार, मंसिर १६ २०८११२:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend