बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

गोरखाको ओलाङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै अजिरकोट

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १६ २०८१
images
images
गोरखाको ओलाङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै अजिरकोट

पर्यटनमैत्री पदमार्ग निर्माण, पदमार्गहरुमा विश्रामगृह, विभिन्न ठाउँमा परम्परागत सांस्कृतिक संरचना निर्माणले पनि ओलाङ गाउँलाई थप सुन्दर बनाएको छ।

images
images

गोरखा- अजिरकोट गाउँपालिकाले विकट गाउँ ओलाङलाई पर्यटनमैत्री नमूना गाउँका रूपमा विकास गरेको छ। गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा पर्यटकीय पूर्वाधार धमाधम निर्माण भइरहेका छन्। 

images
images
images

गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाका अनुसार गाउँपालिका-२ स्थित ओलाङ गाउँलाई ‘पर्यटनमैत्री नमूना गाउँ प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नमूना गाउँका रूपमा विकास गर्न प्रारम्भ गरिएको हो। कार्यक्रमले बाँझो जमिनको पनि सदुपयोग गर्ने नीति लिएको उनले बताए। यसले युवालाई स्वरोजगार बन्न सहयोग पुग्ने उनको भनाइ छ।

images
images

'स्थानीयले रोजगारी र अवसर खोजिरहेका छन्, गाउँमै युवालाई रोजगारीको अवसर सृजना गर्दै आत्मानिर्भर बनाउन कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यन्वयन गरिएको छ, ओलाङलाई अजिरकोट गाउँपालिकाको थप सुन्दर पर्यटकीय टोलको रुपमा विकास गर्ने हिसाबले लगानी गरिहेको छ', उनले भने। 

images
images
images

ओलाङमा ‘फुटट्रेल’ निर्माण, पर्यटनमैत्री संरचना निर्माणका साथै पर्यटक रमाउनसक्ने हिसाबले अन्य संरचना पनि निर्माण गरिएका छन्। पर्यटकको नयाँ  गन्तव्यका रूपमा ओलाङ गाउँ विकास भइरहेकाले संरचना निर्माण गरिएको उनले बताए।  

तामाङ र गुरुङ समुदायको मात्र बसोबास रहेको यो गाउँलाई कृषि, पर्यटनसँगै स्थानीय समुदायको मौलिक परम्परा झल्कने संस्कृतिलाई जीवन्त राख्ने प्रयास गरिएको छ।

'ओलाङलाई पर्यटनमैत्री बनाउँदै स्थानीवासीको आयआर्जन वृद्धिका लागि गाउँपालिकाले काम थालेको हो, पर्यटनको केन्द्रका रूपमा ओलाङलाई विकास गर्न त्यहाँ परापूर्वकालदेखि चल्दै आएको भिरमौरीका मह झिक्ने मेलालाई ‘साहसिक पर्यटन’का रुपमा विकास गर्न खोजिरहेका छौँ', उनले भने।

ओलाङगाउँ पुग्ने पर्यटकले अब जैविक खानाको स्वाद लिन पाउनेछन्। गाउँपालिकाले ओलाङलाई नमूना गाउँका रूपमा विकास गर्ने योजनाअनुरुप यहाँको हावापानीको अध्ययन गरी ट्राउट माछापालन कार्यक्रमलाई पनि व्यवस्थित ढङ्गले अघि बढाएको छ। साथै ओलाङलाई तमु समुदायको संस्कार र संस्कृति अध्ययन गर्ने थलोका रूपमा पनि विकास गरिएको अध्यक्ष देवकोटाले बताए।

पर्यटनमैत्री पदमार्ग निर्माण, पदमार्गहरुमा विश्रामगृह, विभिन्न ठाउँमा परम्परागत सांस्कृतिक संरचना निर्माणले पनि ओलाङ गाउँलाई थप सुन्दर बनाएको छ।

गाउँलाई कृषिमा नमूना गाउँका रुपमा विकास गर्न किसानलाई व्यावसायिक सागसब्जीखेतीको तालिम दिएर खेतीका लागि ‘हाइटेक टनेल’ निर्माणको भएको छ।

गाउँ घुम्न आउने पर्यटकको स्वागत सत्कारका लागि घरबास व्यवस्थापन तालिम दिएर महिलालाई सक्षम बनाइएको गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले बताइन्। कार्यक्रमअन्तर्गत ओलाङ गाउँमा २१ वटा योजना कार्यान्वयन भएका छन्। रासस


प्रकाशित : आइतबार, मंसिर १६ २०८१११:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend