मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम

images
शनिबार, मंसिर १५ २०८१
images
images
ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम

कार्यक्रमबाट दुईसय १५ जना सेवाग्राही लाभान्वित भएका राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

images
images

काठमाडौं- ओमानस्थित नेपाली राजदूतावासद्वारा शुक्रबार दूतावास परिसरमा नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता तथा योगदानको नियमितता गर्ने, श्रम एवं कन्सुलर सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ।

images
images
images

त्यस अवसरमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले सामाजिक सुरक्षा कोष, श्रमिकको सुरक्षाका निम्ति नेपाल सरकारले चालेका कदमबारे जानकारी दिँदै आतिथेय मुलुकको कानूनको पूर्ण परिपालना गर्न सम्बद्ध सबैमा आग्रह गरे। 

images
images

सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रियाबारे जानकारी दिएका थिए। कार्यक्रममा श्रम तथा कन्सुलर सेवासम्बन्धी जानकारी दिइएको थियो। कार्यक्रमबाट दुईसय १५ जना सेवाग्राही लाभान्वित भएका राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। 

images
images
images

नेपाली राजदूतावास मस्कटबाट विगतमा कार्यालय खुलेको दिनमा सेवा लिन आउन असहज हुने नेपाली श्रमिकहरुलाई लक्षित गर्दै निजहरुको सहजताका लागि सार्वजनिक बिदाकै दिनमा राहदानी तथा कन्सुलर सेवासम्बन्धी शिविर सञ्चालन गर्दै आएको भए तापनि विदेशमा भने सामाजिक सुरक्षासम्बन्धी सेवा पहिलो पटक आयोजना गरिएको हो। रासस


प्रकाशित : शनिबार, मंसिर १५ २०८११५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend