शुक्रबार, माघ ११ गते २०८१    
शुक्रबार, माघ ११ २०८१
images
images

व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड

images
शनिबार, मंसिर १५ २०८१
images
images
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड

चालु आवको पहिलो त्रैमासमा चालु खाता एक खर्ब ११ अर्ब ८७ करोड रूपैयाँ र शोधनान्तर स्थिति एक खर्ब ८४ अर्ब ९९ करोड रूपैयाँले बचतमा छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ।

images
images
images

नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा ६ दशमलव एक प्रतिशतले कमी आइ ३८ अर्ब ३८ करोड रूपैयाँ कायम भएको छ। यस्तै, वस्तु आयातमा चार दशमलव दुई प्रतिशतले कमी आइ तीन खर्ब ९० अर्ब ७५ करोड रूपैयाँ कायम भएको छ।

images

गत वर्षको तुलनामा व्यापार घाटामा चार प्रतिशतले गिरावट आइ तीन खर्ब ५२ अर्ब ३७ करोड रूपैयाँ रहन गएको छ। यस्तै, विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भइ चार खर्ब सात अर्ब ३१ करोड रूपैयाँ रहन गएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव पाँच प्रतिशतले वृद्धि भइ तीन खर्ब ६५ अर्ब ३७ करोड रूपैयाँ पुगेको थियो।

images
images
images

चालु आवको पहिलो त्रैमासमा चालु खाता एक खर्ब ११ अर्ब ८७ करोड रूपैयाँ र शोधनान्तर स्थिति एक खर्ब ८४ अर्ब ९९ करोड रूपैयाँले बचतमा छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रूपैयाँ र शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ६६ करोड रूपैयाँले बचतमा रहेको थियो।

औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको छ। गत असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो।

तरकारी तथा दलहन उपसमूहको उच्च मूल्य वृद्धिका कारण २०८१ असोजमा वार्षिक बिन्दुगत आधारमा खाद्यान्न समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ५० प्रतिशत रहेको छ। 

अघिल्लो वर्षको सोही महिनामा यी समूहको मुद्रास्फीति क्रमशः आठ दशमलव ४८ प्रतिशत र छ दशमलव ८५ प्रतिशत रहेको थियो। गत असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ५१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति दुई दशमलव ७८ प्रतिशत रहेको थियो। त्यसैगरी, तलब तथा ज्याला सूचकांक तीन दशमलव ३६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सूचकांक पाँच दशमलव ६५ प्रतिशतले बढेको थियो।

चालु आवको मुद्रास्फीतिलाई पाँच प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको छ।

गत असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि सात दशमलव १८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धि तीन दशमलव ४९ प्रतिशत रही वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ।

कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा गत असोज मसान्तमा १४ दशमलव महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ।

मौद्रिक नीतिमा उल्लिखित ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट ६ दशमलव पाँच प्रतिशत र नीतिगत दरलाई पाँच दशमलव पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा आएको छ। चालु आवको पहिलो त्रयमासमा बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दर तीन प्रतिशत छ।

आर्थिक वर्ष २०८१/८२ मा विस्तृत मुद्राप्रदाय १२ प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२ दशमलव पाँच प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक बिन्दुगत आधारमा गत असोज मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय १३ दशमलव तीन प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ६ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ। रासस


प्रकाशित : शनिबार, मंसिर १५ २०८११२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend