बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

६ सय ९९ रुपैयाँमा ३ सय जीबी डाटा

images
शुक्रबार, मंसिर १४ २०८१
images
images
६ सय ९९ रुपैयाँमा ३ सय जीबी डाटा
images
images

काठमाडौं- नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल)लाई मध्यनजर गर्दै एनटी क्रिकेट धमाका प्याक सार्वजनिक गरेको छ।

images
images

२०८१ मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहद्वारा संयुक्त रुपमा उक्त एनटी क्रिकेट धमाका प्याकको घोषणा गरिएको हो।

images
images

यस योजनाअन्तर्गत प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ६ सय ९९ मा ३०० जीबी  डाटा पाउने छन्। जसमा प्रतिदिन १० जीबी डाटा प्रयोग गर्न सकिने र १० जीबीको लिमिट पूरा भए बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

images
images

यसैगरी ४ सय ९९ रुपैयाँमा प्रतिदिन ५ जीबीका दरले १५० जीबी डाटा उपलब्ध हुनेछ। जसमा ५ जीबीको  लिमिट पूरा भए बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ टेलिकमले जारी गरेको विज्ञप्तीा उल्लखे छ।

पोष्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टल समेत समावेश गरिएका धमाका प्याकहरुको समयावधि ३० दिन रहेको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहने छ।

 


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८११६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend