शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कुमारी बैंक र भिजन कार्टबीच विशेष छुट सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १४ २०८१
कुमारी बैंक र भिजन कार्टबीच विशेष छुट सम्झौता

काठमाडौं- कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठ काठमाडौंस्थित भिजन कार्ट प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई एवं शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम ४,००० सम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५प्रतिशत सम्म छुट दिइने जनाइएको छ।

साथै पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइने जनाइएको छ। 

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८११४:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend