शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

महालक्ष्मी विकास बैंकद्वारा गरियो संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १४ २०८१
महालक्ष्मी विकास बैंकद्वारा गरियो संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौं- महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको जनाएको छ। 

सोहीअन्तर्गत महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरु राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनः प्रशोधनको लागि दिने र सोमार्फत प्राप्त रकम गरिब तथा असहाय विधार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गर्ने गरी राउण्ड टेबल नेपाल सँग समझदारी गरेको छ।

यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको 'बालबालिकालाई शिक्षित गरौं' भन्ने परियोजनामा थप टेवा पुग्ने जनाएको छ। 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नै तिनकुने टोल सुधार समिति, काठमाडौंलाई फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउन डस्टबिन वितरण गरेको छ। ४ सयभन्दा बढी घर धुरी रहेको उक्त टोलमा स्वच्छता र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ ५० वटा डष्टबिन वितरण गरिएको हो। बैंकको सामुदायिक सरसफाईमा योगदान पुर्‍याउने दीर्घकालीन प्रतिबद्धता अनुरुप यस किसिमको सहकार्य गरिएको हो। 

संस्थागत सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता स्वरुप ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजसँगको सहकार्यमा सांस्कृतिक गहना र सम्बन्धित कलाकृतिहरुको प्रदर्शनका साथै विभिन्न रत्नादी भएको परम्परागत आभुषणहरुको प्रदर्शन गर्न आयोजित 'पाटन हेरिटेज रनवे' आयोजना गर्न आर्थिक सहयोग गरेको छ। 

त्यसै गरी दैनिक कामकाजलाई सहज रुपमा सञ्चालन गर्न आवश्यक पर्ने कम्प्युटर, मनिटर, कम्प्युटर टेबल, कुर्ची जस्ता कार्यालय सामाग्री खरिद गर्न श्री शिव मन्दिर, बसडिलवा, सिद्धार्थनगर, रुपन्देहीलाई बैंकले आर्थिक सहयोग गरेको छ। यस पश्चात मन्दिर व्यवस्थापनलाई कार्यालय व्यवस्थापन र पत्राचार गर्न सहज हुनेछ। 

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ। 

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै 'महालक्ष्मी स्मार्ट साथी'  सञ्चालनमा ल्याएको जनाएको छ। 


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८११३:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend