शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिगमा हुने प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १४ २०८१
एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिगमा हुने प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं- एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलमा प्रत्येक चौकामा ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई चारवटा शैक्षिक सामाग्री प्रदान गर्ने घोषणा गरेको छ।

'क्रिकेटले सबैलाई एकताबद्ध  बनाउछ, यस पहलमार्फत हामी ग्रामीण र दुर्गम विपन्न क्षेत्रका विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न चाहन्छौँ', एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्।

फाउण्डेसनले उपलब्ध गराउने शैक्षिक सामग्री क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा प्रदान गरिनेछ।

क्यानले एनपीएलका लागि एनसेलसँग यसअघि नै साझेदारी सम्झौता गरिसकेको छ। यस साझेदारीअन्तर्गत, एनसेल, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको ‘पावर्ड बाई’ पार्टनरको रूपमा रहेको छ।

'विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक किटमा आवश्यक शैक्षिक सामग्री समावेश हुनेछन्। यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान प्रदान गर्नेछ' एनसेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८१११:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend