काठमाडौं- बिहीबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ। बुधबार सुनको मूल्य प्रतिताेला ९ सय रूपैयाँ बढेको थियो।
बिहीबारका लागि छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ३ रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबारको तुलनामा चाँदीको मूल्य बिहीबार प्रतितोला ३० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २६ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।