बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

images
बुधबार, मंसिर १२ २०८१
images
सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ।

images
images

काठमाडौं- आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अंकले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अंकमा बन्द भएको छ। आज नेप्से परिसूचक एक दशमलव ४६ प्रतिशतले बढेको हो ।

images
images
images

आज तीन सय १६ कम्पनीको एक करोड ७१ लाख ४३ हजार पाँच सय ८४ कित्ता सेयर ८९ हजार पटक खरिद बिक्री हुँदा नौ अर्ब ३१ करोड २९ लाख ३४ हजार आठ सय ४० रूपैयाँको कारोबार भएको छ।

images
images

आज कारोबारमा आएका सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। विशाल बजार कम्पनी, कर्णाली बिकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक,सर्पोट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक र मानुशी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

images
images
images

मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ।

वित्त समूहको उपसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी व्यापार समूह नौ दशमलव २७ र विकास बैंक समूह तीन दशमलव १८ प्रतिशतले बढेको छ। रासस


प्रकाशित : बुधबार, मंसिर १२ २०८११५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend