बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

फापरखेतीमा छैन किसानको मोह

images
बुधबार, मंसिर १२ २०८१
images
images
फापरखेतीमा छैन किसानको मोह

व्यावसायिक रुपमा फापरखेतीप्रति किसानको आकर्षण हुन घट्दै गएपछि लोपन्मुख अवस्थामा पुगेको छ। फापरका परिकार उच्च रक्तचाप र सुगर (मधुमेह)का बिरामीका लागि उत्तम मानिने हुँदा बजारमा माग भने बढ्दो छ।

images
images

ढोरपाटन- बागलुङको निसीखोला-४ का नरबहादुर घर्तीले बर्सेनि करिब १० मुरी फापर उत्पादन गर्थे। तीते र मिठे गरी दुई जातका फापर उत्पादन गर्दै आएका घर्तीले तीन वर्षयता यसको खती गर्न छोडेका छन्।

images
images

मकै फल्ने बारीमै लगाइने फापर आयातित खाद्यान्नको प्रयोग बढ्दै गएपछि खेती हुन छोडेको हो। गाउँको पाखो बारीमै फलाउन सकिने भए पनि खनजोत गर्ने खेतालाको अभाव हुँदै गएपछि उनले फापरखेती गर्न छोडेका हुन्।

images
images

अचेल गाउँमै बसेर रैथाने बालीको खेती गर्ने किसानको सङ्ख्या निकै कम छ। उन्नत जातका बीउबिजन प्रयोग गरेर खेतीपाती गर्न थालेपछि परम्परागत खेती प्रणाली फेरिनाका साथै रैथाने बाली लोप हुन थालेको उनको भनाइ छ।

images
images

पहिले बारीमा फापर नलगाउने कोही नहुने भन्दै अहिले गाउँमै कसैले पनि यसको खेती नगर्ने बताए। पहिले चामल ल्याउनका लागि हप्तादिन लगाएर बुटवल पुग्नुपर्ने हुँदा गाउँमै फापर उत्पादन गर्ने गरेको भन्दै अहिले घरघरै दोकान खुलेपछि रैथाने बाली उत्पादन गर्न छोडेको उनले बताए।

उनले भने, 'पहिले गाउँमा दुःख थियो, एक छाक खानका लागि धेरै काम गर्नुपर्थ्यो, बारीमा फापर, कोदो र मकैबाहेक अरू फल्दैनथ्यो, अहिलेको जस्तो चामल नपाएपछि आँटो, ढिँडो र रोटी नै खानुको विकल्प थिएन, त्यही भएर खेती किसानी गर्न मान्छेहरु बाध्य थिए, अहिले अलिअलि पैसा कमाउने भएर गाउँ घरैमै चामलाका बोरा आउन थालेपछि कोदो, फापरखेती किन गरून्?'

व्यावसायिक रुपमा फापरखेतीप्रति किसानको आकर्षण हुन घट्दै गएपछि लोपन्मुख अवस्थामा पुगेको छ। फापरका परिकार उच्च रक्तचाप र सुगर (मधुमेह)का बिरामीका लागि उत्तम मानिने हुँदा बजारमा माग भने बढ्दो छ।

बागलुङको निसेलढोर, उत्तरगंगा क्षेत्र, भल्कोट, खुङ्खा, तमान, स्याउला, हिल, तारा, बोबाङलगायत उच्च क्षेत्रमा कोदोखेती गरिन्थ्यो। तमानखोला गाउँपालिका-२ का भक्तबहादुर सिर्पालीले पाँच वर्ष अगाडिसम्म आफूले करिब सात रोपनी जग्गामा फापरखेती गरे पनि अहिले छोडेको बताए।

'हाम्रो बाउबाजेले फापरको आँटो, ढिँडो र रोटी खायो भने तागत दिन्छ भन्थे, चामल कमै हुने हुँदा भात दसैँ, तिहार र अरू चाडपर्वमा खाने गर्थ्यौँ, अहिले ढिँडो खानलाई फापर र कोदोखेती हुन छोड्यो, बजारबाट चामल लिएर दिनकै भात खानुपर्छ', सिर्पालीले भने, 'पहिले गाउँमा भात खाने उही धेरै खेत हुने हुन्थे, हामी त गाउँमा माथिपट्टी बस्ने कोदो र फापरखेती गरेर आँटो ढिँडो खान्थ्यौँ।'

बागलुङमा अहिले ८५ हेक्टरमा क्षेत्रफलमा फापरको खेती हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए। हरेक वर्ष बागलुङमा एक सय २० मेट्रिक टन फापर उत्पादन हुने उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, मंसिर १२ २०८११३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend