बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

प्रतितोला ९ सय रूपैयाँले बढ्यो सुनको मूल्य

images
बुधबार, मंसिर १२ २०८१
images
images
प्रतितोला ९ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार भने सुन प्रतितोला ९ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार ६ सय रूपैयाँ कायम भएको छ।

images
images

काठमाडौं- आइतबार बढेर सोमबार र मंगलबार उच्च गिरावट आएको सुनको मूल्य बुधबार पुन: वृद्धि भएको छ।

images
images

यो साता आइतबार प्रतितोला एक हजार सातसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार तोलामा १५ हजार ९ सय र मंगलबार प्रतितोला दुई हजार ६ सय रूपैयाँले घटेको थियो।

images
images

बुधबार भने सुन प्रतितोला ९ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार ६ सय रूपैयाँ कायम भएको छ। 

images
images

मंगलबार सुन प्रतितोला एक लाख ४८ हजार सातसय रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार प्रतितोला २५ रूपैयाँले सस्तिएको चाँदी पनि बुधबार प्रतितोला १० रूपैयाँले महँगिएको छ। 

चाँदी आज प्रतितोला एक हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मंगलबार चाँदी प्रतितोला एक हजार ८ सय २० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, मंसिर १२ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend