शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला ९ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार, मंसिर १२ २०८१
प्रतितोला ९ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार भने सुन प्रतितोला ९ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार ६ सय रूपैयाँ कायम भएको छ।

काठमाडौं- आइतबार बढेर सोमबार र मंगलबार उच्च गिरावट आएको सुनको मूल्य बुधबार पुन: वृद्धि भएको छ।

यो साता आइतबार प्रतितोला एक हजार सातसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार तोलामा १५ हजार ९ सय र मंगलबार प्रतितोला दुई हजार ६ सय रूपैयाँले घटेको थियो।

बुधबार भने सुन प्रतितोला ९ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार ६ सय रूपैयाँ कायम भएको छ। 

मंगलबार सुन प्रतितोला एक लाख ४८ हजार सातसय रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार प्रतितोला २५ रूपैयाँले सस्तिएको चाँदी पनि बुधबार प्रतितोला १० रूपैयाँले महँगिएको छ। 

चाँदी आज प्रतितोला एक हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मंगलबार चाँदी प्रतितोला एक हजार ८ सय २० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, मंसिर १२ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend