बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

आन्तरिक पर्यटकको रोजाइमा शे-फोक्सुण्डो

images
बुधबार, मंसिर १२ २०८१
images
images
आन्तरिक पर्यटकको रोजाइमा शे-फोक्सुण्डो

नेपालगञ्ज-सुर्खेत-जाजरकोट-रुकुम हुँदै मोटरसाइकल र गाडीमा सजिलै दुनैसम्म पुग्न सकिने भएकाले पनि विमानमा भन्दा अघिकांश पर्यटक मोटरसाइकल चढेर यहाँ आउने गरेका छन्।

images
images

डोल्पा- हाल यहाँको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो शे-फोक्सुण्डो तालमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन जारी छ।

images
images

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार गत साउनदेखि कात्तिकसम्ममा स्वदेशी र विदेशी गरी एक हजार छ सय ३२ पर्यटक फोक्सुण्डो ताल क्षेत्रमा आएका छन्। बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटक आउने क्रम जारी छ।

images
images

बितेका पाँच महिनामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्र र अन्य राष्ट्रका गरी तीन सय २६ जना पर्यटकले शे-फोक्सुण्डो घुमेका र त्यसबाट १० लाख ५३ हजार रूपैयाँ राजस्व संकलन  भएको उनले बताए।

images
images

चालु आर्थिक वर्षको सुरुदेखि कात्तिकसम्म वन पैदावार बिक्री, पर्यापर्यटन, दण्ड सजायलगायत शीर्षकबाट रु ६५ लाख ७० हजार छ सय ८८ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ।

फोक्सुण्डो ताल, त्रिपुरासुन्दरी मन्दिर, शे-गुम्बा, धो तरापजस्ता सुन्दर धार्मिक तथा पर्यटकीय गन्तव्य डोल्पामै पर्ने भएकाले  केही वर्षयता आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको त्रिपुरासुन्दरी नगरपालिका-१ का लक्ष्मण देवकोटाले बताए।

नेपालगञ्ज-डोल्पा उडान नियमित गरेमा, भेरी करिडोरको सुधार तथा सुविधायुक्त होटलको व्यवस्था भएमा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि हुने उनी बताउँछन्। व्यापार, व्यवसाय प्रवर्द्धनका हिसाबमा डोल्पालीलाई विदेशीभन्दा  स्वदेशी पर्यटक आउँदा फाइदा हुने सदरमुकाम दुनैका होटल व्यवसायीहरू बताउँछन्।

नेपालगञ्ज-सुर्खेत-जाजरकोट-रुकुम हुँदै मोटरसाइकल र गाडीमा सजिलै दुनैसम्म पुग्न सकिने भएकाले पनि विमानमा भन्दा अघिकांश पर्यटक मोटरसाइकल चढेर यहाँ आउने गरेका छन्। रासस


प्रकाशित : बुधबार, मंसिर १२ २०८११०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend