शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

मंगलबार, मंसिर ११ २०८१
रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए।

काठमाडौं- रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ। बजाज माइलेज च्याम्पियनमा नेपालभरका बजाज प्लाटिना चालकहरू आफ्नो मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न सहभागी भएका थिए।

माइलेज च्याम्पियनमा लोकेश कुमार चौरासियाले ९९ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए। त्यस्तै ९४ किमि प्रति लिटरको प्रदर्शनका साथ मुकेश कुमार शाह दोस्रो स्थानमा रहेका थिए भने ९० किमि प्रति लिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो स्थानमा रहेका थिए।

माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए। 

पछिल्लो समय पेट्रोलिय पदार्थको मुल्यवृद्धि भएसँगै माइलेजको अवस्थाबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर विजय सिंहले बताए। १०० सीसीको प्लाटिना मोटरसाइकलको माइलेज च्याम्पियन हुने उनले बताए।

आइतबार विहान १० बजे उक्त च्याम्पियनको गरुडा चिनी मिल चौरमा उद्घाटन भएको थियो। उक्त च्याम्पियनमा सबै प्रयोगकर्तालाई सहभागिताका लागि पनि अनुरोध गरिएका थियो। च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको थियो।


प्रकाशित : मंगलबार, मंसिर ११ २०८११८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend