मंगलबार, मंसिर ११ गते २०८१    
images
images

नेपाल प्रिमियर लिगमा ओमोडा/जेइको ‘ड्रिभन बाई’ सहप्रायोजक, उत्कृष्ट खेलाडीले कार पाउने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ११ २०८१
images
images
नेपाल प्रिमियर लिगमा ओमोडा/जेइको ‘ड्रिभन बाई’ सहप्रायोजक, उत्कृष्ट खेलाडीले कार पाउने

ओमोडा/जेइकोले क्यानद्वारा आयोजना हुने लागेको नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा सहप्रायोजकको रूपमा साझेदारी गरेको हो।

images
images

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट हुने खेलाडीले ओमोडा/जेइको ब्रान्डको विद्युतीय कार पाउने भएका छन्।

images
images
images

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले विद्युतीय गाडी प्रदान गर्ने भएको हो। ओमोडा/जेइको एनपीएलको ‘ड्रिभन बाई’ सहप्रायोजक बनेको हो।

images

ओमोडा/जेइकोले क्यानद्वारा आयोजना हुने लागेको नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा सहप्रायोजकको रूपमा साझेदारी गरेको हो। एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार सम्झौता भएको छ। 

images

सम्झौतापत्रमा मंगलबार ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरेका हुन्। 

उक्त कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, क्यान र एनपीएलका सदस्यहरू, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा तथा अन्य व्यवस्थापकीय सदस्यहरूको उपस्थिति थियो। 

नेपाल प्रिमियर लिगको पहिलो संस्करण एनपिएल २०२४ मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनेछ।

एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेक्को र एनपीएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रबद्र्धन र विकासका लागि टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले क्रिकेटको लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको यो परिदृष्यमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुग्ने बताए। 

उत्कृष्ट खेलाडीले एसपीजी अटोमोबाइल्सले आमोडा/जेइकोको कार पाउने बताइएको छ। तर मोडल बारेमा आगामी दिनमा टुंगो लाग्ने क्यानका सचिव पारस खड्काले बताए। 

एनपीएलको पहिलो संस्करणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। 


प्रकाशित : मंगलबार, मंसिर ११ २०८११८:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend