मंगलबार, मंसिर ११ गते २०८१    
images
images

१८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ देखि सुरु हुँदै

images
मंगलबार, मंसिर ११ २०८१
images
images
१८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ देखि सुरु हुँदै

कोरोना महामारी र आर्थिक मन्दीले थलिएर तंग्रिँदै गरेको सौराहाको पर्यटन व्यवसायलाई अझै माथि उकास्न महोत्सव पुन: हुन लागेको हो।

images
images

काठमाडौं- १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८१ पुस ११ देखि सुरु हुने भएको छ।

images
images
images

क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह आयोजनामा पुस ११ देखि सुरु हुन लागेको महोत्सव पुस १५ सम्म चल्नेछ।

images

२०५५ सालबाट सुरु भएको हात्ती महोत्सव कोराना महामारीको प्रकोपका कारण तीन वर्ष रोकिएको थियो। कोरोना महामारी र आर्थिक मन्दीले थलिएर तंग्रिँदै गरेको सौराहाको पर्यटन व्यवसायलाई अझै माथि उकास्न महोत्सव पुन: हुन लागेको हो।

images

महोत्सवमा सरकारी स्वामित्वमा रहेका गरी ८० वटा हात्ती सहभागी हुनेछन्। ५ दिनसम्म सञ्चालन हुने महोत्सवमा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा कार्यक्रम, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको फुटबल पेनाल्टी प्रतियोगिता, हात्ती म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिकास्तरीय डुंगा रेस प्रतियोगिता हुनेछ।

यस्तै स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसँग बीटुबी, चितवनमा पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम, स्थानीय भेषभुषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन हुनेछ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा दैनिक सांस्कतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्ने, महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवर्द्धन र सम्मान तथा पुरस्कार वितरण कार्यक्रम पनि महोत्सवमा हुने आयोजकले जनाएको छ।


प्रकाशित : मंगलबार, मंसिर ११ २०८११८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend