शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा मंगलबार पनि गिरावट, दुई दिनमा प्रतितोला १८ हजार ५ सय रूपैयाँले घट्यो

मंगलबार, मंसिर ११ २०८१
सुनको मूल्यमा मंगलबार पनि गिरावट, दुई दिनमा प्रतितोला १८ हजार ५ सय रूपैयाँले घट्यो

महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार सातसय रूपैयाँ तोकिएको छ।

काठमाडौं- सोमबार प्रतितोला १५ हजार ९ सय रूपैयाँले घटेको सुनको मूल्यमा मंगलबार पनि गिरावट आएको छ।

यो साता आइतबार प्रतितोला एक हजार सातसय रूपैयाँले बढेको सुनको मूल्यमा सोमबार भारी गिरावट आएको थियो। मंगलबार पनि सुन प्रतितोला दुई हजार ६ सय रूपैयाँले घेटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार सातसय रूपैयाँ तोकिएको छ।

सोमबार प्रतितोला एक हजार ८ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि प्रतितोला एक हजार ८ सय २० रूपैयाँ कायम छ। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २५ रूपैयाँले सस्तिएको हो।

गएको बिहीबारको मन्त्रिपरिषदको बैठकले सुन र चाँदीकोको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेको थियो। सरकारले भन्सार मूल्य घटाएसँगै दुई दिनमा सुन प्रतितोला १८ हजार पाँचसय रूपैयाँले घटेको छ।

यसअघि सुनको भन्सार २० प्रतिशत थियो भने चाँदीको पनि २० प्रतिशत नै थियो। 

गएको कात्तिक १५ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, मंसिर ११ २०८११०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend