मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगानीकर्ताको रोजाइमा परेपछि होटल तथा पर्यटन क्षेत्रका कम्पनी धमाधम आईपीओ जारी गर्दै, कुन कम्पनीको कति?

मंगलबार, मंसिर ११ २०८१
लगानीकर्ताको रोजाइमा परेपछि होटल तथा पर्यटन क्षेत्रका कम्पनी धमाधम आईपीओ जारी गर्दै, कुन कम्पनीको कति?

काठमाडौं- नेपाल धितोपत्र बोर्डमा सर्वजनिक निष्कासनका लागि आवेदन दिने कम्पनीहरुको बाढी नै आएको छ। ११ महिनादेखि बोर्ड अध्यक्ष रिक्त हुँदा अनुमतिको पर्खाइमा दर्जनौँ कम्पनी रहेका छन्।

पछिल्लो समय सबै सेक्टरका कम्पनीहरूले साधारण सेयर (आईपीओ) जारी गर्नका लागि आवेदन दिन थालेका छन्। जसमा होटल र पर्यटन क्षेत्रका कम्पनीहरु पनि धमाधम आईपीओ जारी गर्ने तयारीमा रहेका छन्।

अहिले पनि दोस्रो बजारमा तारागाउँ रिजेन्सी, र्‍याडिसन, सोल्टी र सिटी होटल तथा चन्द्रागिरि केबलकार र कालिञ्चोक केबलकार पब्लिक कम्पनीको रुपमा खडा भएर दोस्रो बजारमा सूचीकृत छन्।

होटल समूहका ६ सूचीकृत कम्पनी, प्रतिसेयर आम्दानीका हिसाबले कुन अब्बल? होटल समूहका ६ सूचीकृत कम्पनी, प्रतिसेयर आम्दानीका हिसाबले कुन अब्बल?

दोस्रो बजारमा लगानीकर्ताको पनि रोजाइमा होटल र पर्यटनका कम्पनीहरु पर्ने गरेका छन्। आकर्षक लाभांश र दीर्घकालीन र सुरक्षित लगानीका हिसाबले पनि लगानीकर्ताको रोजाइमा पर्ने गरेको छ।

यही कारण होटल र पर्यटन क्षेत्रका अन्य कम्पनीहरूले आईपीओ जारी गर्ने अनुमतिका लागि आवेदन दिएका छन्। नेप्सेमा होटल तथा पर्यटन समूहको इन्डेक्स ६ हजार ८ सय १० बिन्दुमा रहेको छ। सोमबार पनि होटल समूहमा ८३ अंकले वृद्धि भएको छ।

पछिल्लो समय नेपाल धितोपत्र बोर्डमा होटल र पर्यटनका ७ कम्पनीले आवेदन दिएका छन्। जसमा ३ करोड ५३ लाख ६० हजार कित्ताका लागि आवेदन परेका छ। जसमा ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको लागि बोर्डमा आवेदन परेको छ।

जसमा एपेक्स हस्पिटालिटीले २४ लाख कित्ता आईपीओ जारीका लागि आवेदन दिएको छ। जुन २४ करोड रुपैयाँ बराबारको आईपीओ हुनेछ। त्यस्तै होटल फरेष्ट इन प्रालिले ९८ लाख कित्ताका लागि आवेदन दिएको छ। जसमा ९८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ।

त्यस्तै अर्किड होल्डिङ प्रालिले १ करोड १५ लाख कित्ता सेयर आईपीओ जारीका लागि आवेदन माग गरेको छ। जसमा १ अर्ब १५ करोडको आईपीओ जारी गर्ने छ।

त्यस्तै अन्नपूर्ण केबलकारले ३१ लाख कित्ता आईपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ। कम्पनीले ३१ करोड रुपैयाँ बराबारको आईपीओ जारी गर्ने छ।

बन्दीपुर केबलकारले पनि ३० लाख ६० हजार कित्ता सेयर बराबरको ३० करोड ६० लाख रुपैयाँ बराबरको आईपीओजारी गर्ने छ।

आक्मा होटल प्रालिले ४५ लाख कित्ता आईपीओ जारी गर्नका लागि आवेदन दिएको छ। जसका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ।

ठमेल प्लाजा होटल एन्ड स्विट्स होटलले १० लाख कित्ता बराबर १० करोड रुपैयाँको बराबरको आईपीओका लागि आवेदन दिएको छ।


प्रकाशित : मंगलबार, मंसिर ११ २०८१०७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend