बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

होटल समूहका ६ सूचीकृत कम्पनी, प्रतिसेयर आम्दानीका हिसाबले कुन अब्बल?

आइतबार, असोज १३ २०८१
होटल समूहका ६ सूचीकृत कम्पनी, प्रतिसेयर आम्दानीका हिसाबले कुन अब्बल?

सोही कारण यस्ता कम्पनीहरूमा लगानीकर्ताहरू ढुक्क भएर लगानी गरिरहेका छन्। फलस्वरूप यो समूहका कम्पनीको सेयर मूल्य उच्च दरले वृद्धि भएको छ।

काठमाडौं- पुँजी बजारमा होटल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण बढ्दो छ। सोही कारण दोस्रो बजारमा धेरै लगानीकर्ताहरू खरिद बिक्रीमा सामेल हुने गरेका छन्। 

गएको बिहीबारसम्म होटल तथा पर्यटन समूहको परिसूचक ६०३५ बिन्दुमा पुगेको छ। गत जेठ पहिलो साता होटल तथा पर्यटन समूहको परिसूचक ३४३०.८४ बिन्दुमा थियो। जेठयता असोजसम्म आइपुग्दा होटल तथा पर्यटन समूहको परिसूचक ६ हजार बिन्दु कटेको छ।

कोरोना महामारीपछि पर्यटन क्षेत्र विस्तारै उकासिन थालेपछि होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरू नाफामा छन्। सोही कारण यस्ता कम्पनीहरूमा लगानीकर्ताहरू ढुक्क भएर लगानी गरिरहेका छन्। फलस्वरूप यो समूहका कम्पनीको सेयर मूल्य उच्च दरले वृद्धि भएको छ। 

दोस्रो बजारमा यो समूहअन्तर्गत ६ कम्पनी सूचीकृत रहेका छन्। सूचीकृत ६ कम्पनीमा चन्द्रागिरि हिल्स, तारागाउँ रिजेन्सी होटल, सोल्टी होटल, ओरियन्टल होटल, कालिन्चोक दर्शन प्रालि र सिटी होटल रहेका छन्। 

तारागाउँ रिजेन्सी होटल

तारागाउँ रिजेन्सी होटलको बिहीबार प्रतिकित्ता १०५० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो एकवर्षको अवधीमा ४० प्रतिशतले सेयर मूल्य बढेको होटलको पर्यटन तथा होटल उपसमूहमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएको कम्पनी हो।

कम्पनीको २६.४१ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ। कम्पनीको पीइ रेसियो ३९.७६ गुणा रहेको छ भने बुक भ्यालु १४६.६२ रुपैयाँ रहेको छ। पछिल्लो एकवर्षको अवधिमा १५३८ रुपैयाँ सम्म पुगेको सेयर मूल्य न्यूनतम ६४० रुपैयाँबाट बढेको थियो। 

चन्द्रागिरि हिल्स

होटल तथा पर्यटन समूहमा प्रतिसेयर आम्दानी धेरै हुनेमा दोस्रा नम्बरमा चन्द्रागिरि हिल्स रहेको छ। जसको प्रतिसेयर आम्दानी १४.५६ रुपैयाँ रहेको छ।

कम्पनीको बिहीबार सेयर मूल्य ८७६ रुपैयाँ रहेको थियो। पछिल्लो एकवर्षमा २७ प्रतिशतले घटेको सेयर मूल्य बढेर १३६० रुपैयाँसम्म पुगेको थियो। कम्पनीको पीइ रेसियो ६०.१६ गुणा रहेको छ भने बुक भ्यालु ९५.३९ रुपैयाँ रहेको छ। 

ओरियन्टल होटल

प्रतिसेयर आम्दानीको हिसाबले ओरियन्टल होटल तेस्रो नम्बरमा रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १०.८४ रुपैयाँ रहेको छ।

बिहीबार होटलको सेयरमूल्य ९२० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो एकवर्षमा २३.४९ प्रतिशसतले सेयर मूल्य बढेको छ।

एकवर्षमा १२०५ रुपैयाँसम्म पुगेको सेयर मूल्य न्यूनतम ६३९.५० रुपैयाँ रहेको छ। पीइ रेसियो ८९.०६ गुणा रहेको छ। बुक भ्यालु ३३१.८२ रुपैयाँ रहेको छ। 

सोल्टी होटल

होटल तथा पर्यटन समूहमा प्रतिसेयर आम्दानीको हिसाबले चौथो नम्बरमा रहेको छ। कम्पनीको सेयर मूल्य ६.४७ रुपैयाँ रहेको छ।

कम्पनीको बिहीबार ४८१ रुपैयाँमा दोस्रो बजारमा कारोबार भएको थियो। पछिल्लो एकवर्षमा ६.४२ प्रतिशतले बढेको सेयर मूल्य बढेर ६३६.५० रुपैयाँसम्म पुगेको थियो भने न्यूनतम ३८२.२० रुपैयाँ रहेको छ।

कम्पनीको पीइ रेसियो ७४.३४ गुणा रहेको छ। त्यस्तै बुक भ्यालु २५.४३ रुपैयाँ रहेको छ।

कालिन्चोक दर्शन

कालिन्चोक दर्शन प्रालिको सेयर मूल्य बिहीबार सेयरमूल्य एक हजार रुपैयाँमा कारोबार रहेको छ। कम्पनीको सेयर पछिल्लो एकवर्षमा १६.८४ प्रतिशतले बढेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ४.४ रुपैयाँ रहेको छ। कम्पनीको पछिल्लो एकवर्षमा बढेर १३८१ रुपैयाँ रहेको छ भने न्यूनतम ७१७ रुपैयाँ रहेको छ। पीइ रेसियो २२५.२३ गुणा रहेको कम्पनीको बुक भ्यालु १०१.३० रुपैयाँ रहेको छ। 

सिटी होटल 

बिहीबार दोस्रो बजारमा ७४४.१० रुपैयाँमा कारोबार भएको सिटी होटलको प्रतिसेयर आम्दानी १२.२३ रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको बुक भ्यालु ९४.५६ रुपैयाँ रहेको होटलको पीइ रेसियो ६०.८४ गुणा ऋणात्मक रहेको छ।

कम्पनीको एकवर्षमा ११६८.५० रुपैयाँसम्म पुगेको सेयर मूल्य १४.१३ प्रतिशतले बढेको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा मूल्य न्यूनतम ५०३.७० रुपैयाँ रहेको थियो। 


प्रकाशित : आइतबार, असोज १३ २०८१०६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend