शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित, दानाभित्र देखियो कीरा, परीक्षण गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १० २०८१
images
images
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित, दानाभित्र देखियो कीरा, परीक्षण गरिँदै

बास्कुनाको छिमेकी बेनी-३ मरेक र मङ्गला गाउँपालिकाको महेशमा पनि सुन्तला झर्ने समस्या देखिएको बताएका छन्। प्राविधिकले झरेका सुन्तलाका दानालाई प्लास्टिकको थैलोमा राखेर बन्द गर्न सुझाव दिएका छन्।

images
images

म्याग्दी- टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन्।  

images
images
images

सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेँलो भएर सुन्तला झर्न थालेको जनाइएको छ। बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका-४ बास्कुनाका किसान सन्दीप खत्रीले बताए। कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ। 

images

'बजार पठाउने समयमा बोटबाट सुन्तला झर्न थालेपछि किसानहरु चिन्तित भएका छन्', बेनी-४ वडासदस्य समेत रहेका खत्रीले भने, 'बोटमा राम्रो फल लागे पनि झर्ने समस्याका कारण कृषकको आम्दानीमा असर पर्ने देखिएको छ।'

images
images
images

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना संकलन गरेर परीक्षणका लागि लगेका छन्। 

प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए। 'दानाभित्र औसा परेर सुन्तला झरेको छ', उनले भने, 'सुर्यपुतलीको शङ्का लागेर परीक्षण गर्न पठाएका हौँ। प्रयोगशालाको प्रतिवेदन आएपछि समस्या पहिचान हुन्छ।' 

बास्कुनाको छिमेकी बेनी-३ मरेक र मङ्गला गाउँपालिकाको महेशमा पनि सुन्तला झर्ने समस्या देखिएको बताएका छन्। प्राविधिकले झरेका सुन्तलाका दानालाई प्लास्टिकको थैलोमा राखेर बन्द गर्न सुझाव दिएका छन्। सूर्यपुतली नियन्त्रण गर्न बगैचामा टाइट ट्याप (पासो) थाप्न र धुवा बनाउन प्राविधिकले सुझाएका छन्। 

दुई सय बोटको बगैँचाबाट दैनिक एक डोको झरेका सुन्तला टिपेर फाल्ने गरेको बास्कुनाका अर्का कृषक दीर्घबहादुर खत्रीले बताए। बास्कुना, सुर्केमेला र थामडाडाका ४५ घरधुरीले करिब १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन्। गत वर्ष सो ठाउँबाट ७५ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको थियो। 

धादिङबाट आएका ब्यापारीले नपिप्टै अग्रिम पैसा दिएर बगैँचा ठेक्कामा किनेका छन्। व्यापारी कान्छाराम तामाङले सुन्तलामा रङ र गुलियो पसेकाले टिपेर बजार पठाउन थालिएको बताए। जिल्लाको सुन्तला पोखरा, काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पठाउने गरिएको उनले बताए। 

केन्द्रका अनुसार गत वर्ष म्याग्दीमा २१ करोड मूल्य बराबरको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्री भएको थियो। जिल्लामा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकोमा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिन्छ।

केन्द्रका बाली संरक्षण अधिकृत गंगा लामीछानेका अनुसार यस वर्ष क्रप कटिङ विधिबाट सुन्तलाको उत्पादनको अवस्था पहिचान गर्ने तयारी छ। रासस


प्रकाशित : सोमबार, मंसिर १० २०८११०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend