सोमबार, मंसिर १० गते २०८१    
images
images

नयाँ नीतिले काठ बिक्री गर्न समस्या, वन कार्यालयमा सड्दै एक करोड रुपैयाँभन्दा बढीको सालको काठ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १० २०८१
images
images
नयाँ नीतिले काठ बिक्री गर्न समस्या, वन कार्यालयमा सड्दै एक करोड रुपैयाँभन्दा बढीको सालको काठ

काठ बिक्रीसम्बन्धी नयाँ नीति आएपछि काठ बिक्री गर्नमा समस्या भएको जनाइएको छ। प्रदेशको वन नीति संशोधन नभएसम्म काठ बिक्रीमा समस्या आइरहने देखिन्छ।

images
images

नवलपरासी- पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ। डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको काठ बिक्री नभएर सड्न थालेको हो। 

images
images
images

काठ बिक्रीसम्बन्धी नयाँ नीति आएपछि काठ बिक्री गर्नमा समस्या भएको जनाइएको छ। प्रदेशको वन नीति संशोधन नभएसम्म काठ बिक्रीमा समस्या आइरहने उनले बताए। डिभिजनल वन कार्यालयले दोस्रो पटक काठ बिक्री गर्ने तयारी गरिरहेको वन अधिकृत भगतले बताए।

images

काठ तथा फर्निचर व्यापार नभएर काठ व्यवसायीले खरिद नगरेपछि वन कार्यालयभित्रै काठ सड्न थालेको नवलपरासी काठ व्यवसायी संघका अध्यक्ष दीपक पङ्गेनीले बताए।

images

सालको काठ महँगो भएकाले व्यवसायीले काठ खरिद नगरेपछि जिल्लामा करोडौँ मूल्य बराबरको काठ वनभित्रै सड्न थालेको दिपीका फर्निचरका सञ्चालक एवं काठ व्यवसायी चन्द्रभान धरिकारले बताए। रासस 


प्रकाशित : सोमबार, मंसिर १० २०८११०:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend