काठमाडौं- सरकारले मार्बल र ग्रेनाइटको भन्सार महसुल बराबर बनाइदिएको छ।
ग्रेनाइटको भन्सार महसुलदर यसअघि २० प्रतिशत भएकोमा अब १० प्रतिशतमा झारिदिएको छ। त्यस्तै सरकारले मार्बलको ३० प्रतिशत रहेको भन्सार घटाएर १० प्रतिशतमा झारिदिएको छ।
यसअघि ग्रेनाइट र मार्बलको भन्सार महसुल विवाद हुँदै आएको थियो। उद्योगीहरूले पछिल्लो समय व्याख्या नमिलेर भन्सारमा समस्या भएको थियो।
स्वरुप र आकार नमिलेका ग्रेनाइटलाई ल्याउँदा तयारी वस्तुकै सरह भन्सार लाग्ने व्यवस्था रहेको थियो। यसमा पनि भन्सारमा विवाद हुँदै आएको थियो। यसको पनि व्याख्यात्मक व्यवस्था गरिदिएको छ।