आइतबार, मंसिर ९ गते २०८१    
images
images

ठूला परियोजनाहरु सफल पार्न जनस्तरको सहयोग र सहभागिता आवश्यक : मन्त्री दाहाल

images
आइतबार, मंसिर ९ २०८१
images
images
ठूला परियोजनाहरु सफल पार्न जनस्तरको सहयोग र सहभागिता आवश्यक : मन्त्री दाहाल

दीर्घकालीन महत्वका आयोजनाहरुको लाभ प्रत्यक्षरुपमा नागरिकमा पुग्ने भएकाले सफल कार्यान्वयनका लागि समेत नागरिकहरुको सहयोग जरुरी रहेको पूर्वाधारमन्त्री देवेन्द्र दाहालको भनाइ छ।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ठूला परियोजनाहरु सफल पार्न जनस्तरको सहयोग र सहभागिता आवश्यक रहेको बताएका छन्। दीर्घकालीन महत्वका आयोजनाहरुको लाभ प्रत्यक्षरुपमा नागरिकमा पुग्ने भएकाले सफल कार्यान्वयनका लागि समेत नागरिकहरुको सहयोग जरुरी रहेको उनको भनाइ छ।

images
images
images

नेपाल निजामती कर्मचारी संगठन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्य समितिले आइतबार काठमाडौंमा गरेको प्राविधिक कार्यशालालाई सम्बोधनका क्रममा उनले दिगो र सुरक्षित संरचना अबको प्राथमिकता रहेको बताए।

images

संरचनाहरु निर्माण गर्नुमात्र नभइ सुरक्षा र नियमित मर्मतसमेत आवश्यक रहेको भन्दै उनले संरचना निर्माणअघिको अध्ययनलाई पनि कम प्राथमिकता नदिन प्राविधिकहरुलाई आग्रह समेत गरे। अब बन्ने संरचनाहरुमा जलवायु परिवर्तनको असर र प्रभावलाई समेत विश्लेषण गरिनुपर्ने उनको भनाइ थियो। 

images

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले ठूला परियोजनाहरु निर्माण गर्दा स्रोत परिचालन क्षमता वृद्धि गराउन आवश्यक रहेको बताए। प्राविधिक कार्यशाला प्राडा इन्जिनियर भरतराज पहाडीको अध्यक्षतामा सम्पन्न भएको थियो। 

कार्यक्रममा इन्जिनियरहरु श्रीराम ढकाल, डा. नितेश आचार्य, छवि पौडेल तथा सडक विभागको एडीबी आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले विभिन्न कार्यपत्र पेस गरेका थिए। सो क्रममा विज्ञहरुले सडक तथा संरचना निर्माण गर्नुअघि सुरक्षाको पक्षलाई ध्यान दिन आवश्यक रहेको बताए। यस्तै ठूला आयोजना तथा पूर्वाधारहरु सञ्चालनको विषय राजनीतिक दलहरुको पनि छलफलको विषय बन्न जरुरी रहेको उनीहरुको सुझाव थियो।

देशका सबै जिल्लामा सडक सञ्जाल विस्तार भए पनि त्यसलाई उत्पादन र आर्थिक वृद्धिसँग जोड्न जरुरी रहेकोमा विज्ञहरुले जोड दिए। यस्तै कार्यपत्र माथि टिप्पणी गर्दै इन्जिनियर गजेन्द्र थपलिया, राजेन्द्रराज शर्मा काफ्ले, सडक विभागका महानिर्देशक रामहरी पोखरेललगायतले अहिले देशमा केही भएन भनेर निराशा मात्र फैलाउन जरुरी नरहेको भन्दै प्राप्त उपलब्धिहरुको अधिकतम उपयोगतर्फ ध्यान दिनुपर्ने बताए। 

संगठनको विभागीय समितिका अध्यक्ष प्रमोद खतिवडाका अनुसार कार्यशाला अघि सांगठनिक प्रशिक्षण समेत सञ्चालन भएको थियो। प्रशिक्षणमा संगठनका अध्यक्ष लेखनाथ कोईराला तथा उपाध्यक्ष एवम् प्रशिक्षण विभाग प्रमुख भवानी न्यौपाने दाहालले प्रशिक्षण दिएका थिए। राजेन्द्र जिसीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा नेकपा एमाले काठमाडौंका अध्यक्ष दिपक निरौला, पेशागत महासंघका अध्यक्ष तथा संगठनका पूर्वअध्यक्ष पुण्यप्रसाद ढकालले मन्तव्य राखेका थिए। रासस


प्रकाशित : आइतबार, मंसिर ९ २०८११६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend