सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा

images
आइतबार, मंसिर ९ २०८१
images
रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा

जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्बासेको इजलासले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

images
images

गण्डकी- सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

images
images
images

लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो। जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्बासेको इजलासले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

images
images

यसअघि गत कात्तिक २५ गते कास्की जिल्ला अदालतले उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएकामा उक्त म्याद शुक्रबार सकिएपछि आज अदालत उपस्थित गराइएको थियो।

images
images

अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। रासस


प्रकाशित : आइतबार, मंसिर ९ २०८११६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend