शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सिप्रदी र म्याक लुब्रिकेन्टको २३ वर्षको अटुट र अतुल्य सम्बन्धको प्रतीक म्याक स्टार नाइट

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर ८ २०८१
सिप्रदी र म्याक लुब्रिकेन्टको २३ वर्षको अटुट र अतुल्य सम्बन्धको प्रतीक म्याक स्टार नाइट

त्यस्तै म्याक सिप्रदीका १० वटा  डिलरहरुलाई उत्कृष्ट कार्यगरे बापत विभिन्न विधामा सम्मानित गरिएको थियो।

काठमाडौं- सिप्रदी ट्रेडिङ एवं भारत पेट्रोलियम कोर्पोरसन लिमिटेड्ले संयुक्त रुपमा 'म्याक स्टार नाइट' कार्यक्रम सोल्टी होटेलमा गत मंगलवार आयोजना गरेको थियो।

कार्यक्रममा सिप्रदीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन आधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरव राज थपलियालगायत र भारत पेट्रोलियमबाट कार्यकारी निर्देशक शुभान्कर सेन, रणनीति तथा अन्तराष्ट्रिय विभागका उपमहाप्रबन्धक राहुल दोङ्रे, पूर्वक्षेत्रीय प्रमुख रविकान्त गोविन्दु, प्राविधिक सेवा कार्यकारी हिमांग्शु सिंघल लगायात अधिकारीहरुको उपस्थिति थियो।

म्याक स्टार नाइट मा डिलरहरुको अतिरिक्त उपस्थितिमा म्याक सिप्रदी स्टार एप एवम रुबी प्लस गृजको उद्घाटन गरियो। म्याक सिप्रदीले १० वटा डिलरहरुलाई विभिन्न विधामा सम्मानित गरिएको थियो।

त्यस्तै म्याक सिप्रदीका १० वटा  डिलरहरुलाई उत्कृष्ट कार्यगरे बापत विभिन्न विधामा सम्मानित गरिएको थियो।

सम्मानित डिलरहरु सप्तकोशी बियरिङ्ग, डाइनयामिक ट्रेडिंग , फोर बी सप्लायर्स, खेतान ट्रेडिंग, मनकामना अटो मोबाइल्स, बंगलामुखी मोटर ट्रेडर्स, अस्त्र ईन्टरनेशनल,  भवानी ट्रेड लिंक, नेक्स्ट जेनेरेसन अटोमोटिभ र श्री कामना सप्लायर्स रहेका छन्।


प्रकाशित : शनिबार, मंसिर ८ २०८११७:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend