शुक्रबार, मंसिर ७ गते २०८१    
images
images
साढे पाँच महिनादेखि ट्वीनअटर ग्राउन्डेड

इन्जिन सट्टापट्टाका लागि मूल्यांकन कमिटीले सिफारिस गरेको कम्पनीसँग कमिसनको बार्गेनिङ गर्दै कार्यकारी अध्यक्ष अधिकारी

images
शुक्रबार, मंसिर ७ २०८१
images
images
इन्जिन सट्टापट्टाका लागि मूल्यांकन कमिटीले सिफारिस गरेको कम्पनीसँग कमिसनको बार्गेनिङ गर्दै कार्यकारी अध्यक्ष अधिकारी

टेन्डरमा दुईवटा कम्पनी सहभागी भएपनि निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले कमिसनको कुरा नमिलेपछि सबै डकुमेन्ट पुगेको मर्करी बिजनेस इन्टनेशनललाई ठेक्का नदिइ सबै प्रक्रिया रद्द गरेका थिए।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा प्रयोग हुँदै आएको एउटा ट्वीनअटर जहाज साढे पाँच महिनादेखि ग्राउन्डेड छ। दुईवटा ट्वीनअटर जहाजमध्ये कलसाइन 'नाइन एन एबीटी' जेठ २३ गतेदेखि इन्जिन मर्मतको काम नहुँदा ग्राउन्डेड छ। जहाजको दुईवटै इन्जिन मर्मत नगरी उडान गर्न नमिल्ने अवस्था छ। 

images
images
images

अहिले जहाजमा भएको इन्जिनको उडान आवर सकिएको हो। इन्जिन अभावकै कारण जहाज साढे पाँच महिनादेखि ग्राउन्डेड छ। उडानमा रहेको अर्को ट्वीनअटर जहाजको पनि उडान आवर १ सय घण्टाको हाराहारीमा मात्रै रहेको छ। उडानमा रहेको जहाजको आवर सेभको नीतिमा उडान भइरहेको छ।

images

जहाज ग्राउन्डेड भएको ७५ दिनपछि २०८१ भद‍ौमा तीनवटा इन्जिन सट्टापट्टाका लागि सार्वजनिक खरिद ऐनविपरीत जम्मा १५ दिनको सयम दिएर टेन्डर भएको थियो। टेन्डरमा दुईवटा कम्पनी सहभागी भएपनि निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले कमिसनको कुरा नमिलेपछि सबै डकुमेन्ट पुगेको मर्करी बिजनेस इन्टनेशनललाई ठेक्का नदिइ सबै प्रक्रिया रद्द गरेका थिए।

images

त्यसपछि फेरि भएको टेन्डरमा पनि मर्करी बिजनेस इन्टरनेशनल नै सहभागी भएको थियो। उक्त टेन्डर प्रक्रिया रद्द गर्न अधिकारीले मूल्यांकन कमिटीलाई दबाब दिँदै आएका थिए। तर मूल्यांकन कमिटीले सबै प्रक्रिया पूरा गरेको र सर्त पनि पालन भएको भन्दै टेन्डर रद्द नहुने बताउँदै आएको थियो।

अधिकारीले टेन्डर रद्द गर्न दबाब दिइरहेको अवस्थामा मूल्यांकन कमिटीले तीनवटा इन्जिन सट्टापट्टाका लागि मर्करी बिजनेस इन्टरनेशनल कम्पनीसँग सम्झौता गर्न योग्य रहेको ठहर गर्दै सिफारिस गरेको निगम स्रोतको दाबी छ।

स्रोतका अनुसार मूल्यांकन कमिटीले मर्करी बिजनेस इन्टरनेशनल तीनवटा इन्जिन सट्टापट्टाका लागि गएको बुधबार नै सिफारिस गरिसकेको छ।

कार्यकारी अध्यक्ष अधिकारीले भने मूल्यांकन कमिटीबाट सिफारिस भएको कम्पनीका प्रतिनिधिसँग कमिसनको लागि बार्गेनिङ गरिरहेको स्रोतको दाबी छ। अधिकारीले इन्जिन सट्टापट्टाको जिम्मा लिने हो भने आफूले राखेको सर्त पूरा हुनुपर्ने नत्र ठेक्का प्रक्रिया नै रद्द गरेर नयाँ प्रक्रिया थालनी गर्ने चेतावनी दिएको निगमको स्रोतको दाबी छ।

इन्जिन सट्टापट्टाका लागि मूल्यांकन कमिटीले ६० दिनमा दिने कम्पनीको सर्तअनुसार सिफारिस गरेको छ। कम्पनीले निगमसँग रहेको ट्वीनअटर जहाजको तीनवटा इन्जिन लैजाने छ। त्यसबापत निगमलाई ४ हजार घण्टा उडान गर्ने ओभरल इन्जिन दिने छ।

साथै ४ हजार घण्टा उडान नहुँदासम्म इन्जिनमा समस्या आएपनि सोही कम्पनीले मर्मत गर्ने सर्तमा मूल्यांकन कमिटीले मर्करी बिजनेस इन्टरनेशनललाई सिफारिस गरेको हो। तर कार्यकारी अध्यक्ष अधिकारी यो कम्पनीलाई ठेक्का दिन नसकिने बताउँदै कमिसनका लागि बार्गेनिङ गरिरहेका छन्।


प्रकाशित : शुक्रबार, मंसिर ७ २०८११६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend