काठमाडौं- चालु आर्थिक वर्षको चार महिनामा आयात निर्यात सामान्य वृद्धि भएको छ।
भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा आयात ०.१७ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै निर्यात पनि यो बीचमा ४.१६ प्रतिशतले बढेको छ।
चार महिनामा ५ खर्ब १३ अर्ब रुपैयाँको आयात भएको हो। दसैँतिहार तथा छठजस्ता मुख्य चाडपर्वको अवसरमा आयातमा सामान्य वृद्धि भएको हो।
आन्तरिक मागमा सुधार नहुँदा लामो समयदेखि आयात बढ्न नसकी निर्यात पनि सुस्त हुँदै आएकोमा कात्तिकमा आएर यी दुबै तथ्यांकमा सामान्य सुधार भएको छ।