शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य तोलामा एक हजार रूपैयाँले बढ्यो, चाँदीको स्थिर

बिहीबार , मंसिर ६ २०८१
सुनको मूल्य तोलामा एक हजार रूपैयाँले बढ्यो, चाँदीको स्थिर

बिहीबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- यो साता लगातार उकालो लागिरहेको सुनको मूल्य बिहीबार पनि प्रतितोला एक हजार रूपैयाँले वृद्धि भएको छ।

बुधबार प्रतितोला एक लाख ६३ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला एक लाख ६४ हजार रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता नेपाली बजारमा सोमबार प्रतितोला एक हजार र मंगलबार प्रतितोला एक हजार एकसय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ९ सय रूपैयाँले वृद्धि भएको थियो। बिहीबार पनि सुनको मूल्यमा वृद्धि भएको हो।

महासंघका अनुसार बुधबार प्रतितोला पाँच रूपैयाँले घटेको चाँदीको मूल्य भने बिहीबार स्थिर रहेको छ।

बुधबार प्रतितोला एक हजार ९ सय ५० रूपैयाँ मूल्य तोकिएको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , मंसिर ६ २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend