आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च ६ प्रतिशतमा सीमित

images
बिहीबार , मंसिर ६ २०८१
images
पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च ६ प्रतिशतमा सीमित

पर्साका सरकारी कार्यालयको वार्षिक चालु खर्चतर्फ दश अर्ब ४६ करोड १४ लाख ७५ हजार चारसय ९९ रूपैयाँ विनियोजन गरिएको छ।

images
images

पर्सा- संघीय सरकार मातहतका पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ६ दशमलव ०८ प्रतिशत पुँजीगत खर्च गरेका छन्।

images
images
images

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ६६ सरकारी कार्यालय तथा पालिकाका लागि पुँजीगततर्फ वार्षिक दुई अर्ब ५८ करोड २७ लाख ८६ हजार सातसय ५० रूपैयाँ विनियोजन भएकामा चालु आवको कात्तिक मसान्तसम्ममा १५ करोड ६९ लाख ३३ हजार पाँचसय २८ रूपैयाँ खर्च भएको छ।

images
images

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले संघीय सरकार मातहतका सरकारी कार्यालयले चालु आवको चार महिनामा पुँजीगत खर्च नगन्य मात्रामा गरेका बताए।

images
images

'चालु आवको कात्तिक मसान्तसम्मको अवधिमा नयाँ बोलपत्र ‘डकुमेन्ट’ बनाउनेदेखि बोलपत्र आह्वानसम्मका काम हुने भएकाले पुँजीगत खर्च बढ्न नसकेको हो', उनले भने, 'अब चाडबाड र वर्षायाम पनि सकिएकाले सरकारी कार्यालयको पुँजीगत खर्च बढ्ने अपेक्षा गरेका छौँ।'

पर्साका सरकारी कार्यालयको वार्षिक चालु खर्चतर्फ दश अर्ब ४६ करोड १४ लाख ७५ हजार चारसय ९९ रूपैयाँ विनियोजन गरिएको छ। चालु आवको चार महिनामा कुल विनियोजित रकमको २८ दशमलव २५ प्रतिशत अर्थात् दुई अर्ब ९५ करोड ५५ लाख ८० हजार दुईसय ३८ रूपैयाँ रकम खर्च भएको छ। पर्साका सरकारी कार्यालयले सोही अवधिमा ६५ अर्ब ७३ करोड २९ लाख २५ हजार एकसय १६ रूपैयाँ राजस्व संकलन गरेका छन्। रासस


प्रकाशित : बिहीबार , मंसिर ६ २०८११०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend