आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

बिपी राजमार्गमा रातिको समयमा सात घण्टा यातायात सञ्चालनमा रोक

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ६ २०८१
images
बिपी राजमार्गमा रातिको समयमा सात घण्टा यातायात सञ्चालनमा रोक

असोज अन्तिम सातादेखि वैकल्पिक ट्रयाक निर्माण गरेर उक्त रुटमा परमिट भएका यात्रुवाहक बस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो।

images
images

काभ्रेपलाञ्चोक- बिपी राजमार्गमा आज राति ९ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको जनाउँदै राति सात घण्टा बन्द गरिने जनाएको हो। 

images
images
images

राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्खे खोलासम्मको सडकखण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेको छ। अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा तोकिएको समयमा राती गाडी नचलाउन आग्रह गरिएको हो। 

images
images

यसैबीच गत असोज दोस्रो साता बाढीपहिरोका कारण क्षतिग्रस्त भई अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डमा लगाइएको रोकसमेत कायमै छ। सुक्खा पहिरो जानसक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालयद्वारा रोक लगाइँदै आइएको हो। 

images
images

सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले अस्थायी रुपमा निर्माण गरिएको सडकमा पहिरो आउनसक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको हो।

असोज अन्तिम सातादेखि वैकल्पिक ट्रयाक निर्माण गरेर उक्त रुटमा परमिट भएका यात्रुवाहक बस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो। 

पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन्। रासस 


प्रकाशित : बिहीबार , मंसिर ६ २०८११०:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend