आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

देशभरको मौसम सफा रहने पूर्वानुमान

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ६ २०८१
images
देशभरको मौसम सफा रहने पूर्वानुमान

त्यसैगरी आज राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ।

images
images

काठमाडौं- देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

images
images
images

 विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम  सफा रहने छ। 

images
images

कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

images
images

त्यसैगरी आज राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ।
 
आगामी २४ घण्टामा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर ६ २०८११०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend