बिहीबार , मंसिर ६ गते २०८१    
images
images

पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो

images
बुधबार, मंसिर ५ २०८१
images
images
पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब ५२ अर्ब १६ करोड १८ लाख रूपैयाँ र बाह्य ऋण दायित्व १२ खर्ब ६५ अर्ब ८९ करोड ७२ लाख रूपैयाँ बराबर छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब रूपैयाँ सरकारी ऋण थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ प्रतिशत नाघेको हो।

images
images
images

'चालु आवको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रूपैयाँ रहेकामा कात्तिक मसान्तसम्ममा ८३ अर्ब ९५ करोड थप वृद्धि भइ कुल सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब पाँच करोड रूपैयाँ पुगेको छ', कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, 'जुन कुल जीडीपीको ४४ दशमलव १४ प्रतिशत हुन आउँछ।'

images

विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण गत असोज मसान्तसम्मको तुलनामा कात्तिक मसान्तसम्ममा अर्ब ९८ करोड रूपैयाँ बराबर सार्वजनिक ऋण घटेको प्रतिवेदनमा उल्लेख छ।

images

कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब ५२ अर्ब १६ करोड १८ लाख रूपैयाँ र बाह्य ऋण दायित्व १२ खर्ब ६५ अर्ब ८९ करोड ७२ लाख रूपैयाँ बराबर छ। जीडीपीका आधारमा ऋण प्रतिशत हेर्दा आन्तरिक ऋण २१ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव १९ प्रतिशत हो।

सरकारले चालु आवका लागि पाँच खर्ब ४७ अर्ब रूपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। पहिलो चौमासिकसम्ममा एक खर्ब ६५ अर्ब ७२ करोड रूपैयाँ ऋण प्राप्त भइसकेको छ। वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ३० दशमलव ३० प्रतिशत हो।

चालु आवका लागि सरकारले तीन खर्ब ३० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा वार्षिक लक्ष्यको ४३ दशमलव ६४ प्रतिशत अर्थात् एक खर्ब ४४ अर्ब रूपैयाँ पहिलो चौमासिकमा उठाएको छ। त्यस्तै, दुई खर्ब १७ अर्ब रूपैयाँ बाह्य ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा कात्तिक मसान्तसम्ममा १० दशमलव एक प्रतिशत अर्थात् २१ अर्ब ७२ करोड रूपैयाँ ऋण लिइएको छ।

चालु आवमा सरकारी ऋणको साँवाब्याज भुक्तानी गर्नका लागि सरकारले चार खर्ब दुई अर्ब रूपैयाँ बराबर बजेट विनियोजन गरेको थियो। कात्तिक मसान्तसम्ममा एक खर्ब आठ अर्ब १४ करोड रूपैयाँ साँवाब्याज भुक्तानी भइसकेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। कुल जीडीपीको आधारमा कात्तिक मसान्तसम्ममा ऋणको साँवाब्याज तिर्न भएको खर्च एक दशमलव ९० प्रतिशत बराबर हो। रासस


प्रकाशित : बुधबार, मंसिर ५ २०८११४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend