शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला ९ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको सामान्य घट्यो

बुधबार, मंसिर ५ २०८१
प्रतितोला ९ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको सामान्य घट्यो

बुधबार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले महँगिएको छ भने चाँदी प्रतितोला पाँच रूपैयाँले सस्तिएको छ।

काठमाडौं- यो साता सुनको मूल्य लगातार बढिरहेको छ। सोमबार प्रतितोला एक हजार र मंगलबार प्रतितोला एक हजार एकसय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ९ सय रूपैयाँले वृद्धि भएको छ।

बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६३ हजार रूपैयाँ तोकिएको छ।

मंगलबार सुन प्रतितोला एक लाख ६२ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै मंगलबार बढेको चाँदीको मूल्य भने बुधबार प्रतितोला पाँच रूपैयाँले घटेको छ। 

मंगलबार प्रतितोला एक हजार ९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला एक हजार ९ सय ५० रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, मंसिर ५ २०८१११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend