शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर विद्युतीय एसयूभी जेइको जेसिक्स हस्तान्तरण

मंगलबार, मंसिर ४ २०८१
एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर विद्युतीय एसयूभी जेइको जेसिक्स हस्तान्तरण

जेइको जेसिक्स नेपालकै पहिलो अफ-रोडर विद्युतीय एसयूभी हो जसले साहसिक यात्रा गर्न चाहनेहरूका लागि परिष्कृत ड्राइभिङ अनुभव र दिगो मोबिलिटि सोलुसन प्रदान गर्दछ।

काठमाडौं- नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर विद्युतीय एसयूभी जेइको जेसिक्स डेलिभरी गरेको छ।

एलिजा गौतम नेपाली चलचित्र निर्माता, अभिनेत्री तथा प्राइम टाइम्स टेलिभिजनका प्रबन्ध निर्देशकका रूपमा विभिन्न सामाजिक अभियानहरूका लागि परिचित व्यक्तित्व हुन्।

ओमोडा एन्ड जेइकोको चाबहिलस्थित आधिकारिक डिलर एबीटी मोटर्समा जेइको जेसिक्स हस्तान्तरण गरिएको हो। एसपीजी अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द, सिनियर म्यानेजर आशिष दाहाल, तथा एबीटी मोटर्सका प्रबन्ध निर्देशक सचिन कुमार श्रेष्ठ र शोरुम म्यानेजर हिमांशु श्रेष्ठको उपस्थितिमा एलिजा गौतम र ऋषि धमलालाई हस्तान्तरण गरिएको हो।

जेइको जेसिक्स नेपालकै पहिलो अफ-रोडर विद्युतीय एसयूभी हो जसले साहसिक यात्रा गर्न चाहनेहरूका लागि परिष्कृत ड्राइभिङ अनुभव र दिगो मोबिलिटि सोलुसन प्रदान गर्दछ। जेइको जेसिक्स शक्तिशाली इलेक्ट्रिक मोटर, २ सय एमएमको ग्राउन्ड क्लियरेन्स र स्पोर्टि डिजाइनले गर्दा अन्य प्रतिद्वन्दी एसयूभीहरूभन्दा छुट्टै स्तरमा रहेको छ।

यसका अलावा, जेसिक्समा रहेको ४ सय किमिको डब्लूएलटीपी रेन्ज, ६५.६९ किलोवाटआवरको ब्याट्री क्षमता र १३५ किलोवाटको अधिकतम पावरले अफ-रोड ट्र्याकहरू तथा एडभेन्चरस यात्रामा भरपर्दो साथ दिन्छ।

ओमोडा एन्ड जेइको उच्चगुणस्तरको अत्याधुनिक र परिष्कृत सुविधाहरूका साथ नेपालमा दिगो मोबिलिटि सोलुसन प्रवर्द्धन गर्न प्रतिबद्ध छ। जेइको जेसिक्ससँगै ओमोडा एन्ड जेइकोको प्रिमियम र लामो-रेन्जको विद्युतीय एसयूभीहरूको लाइनअपमा थपिएको नयाँ एसयूभी हो।

नेपाली बजारमा गत फेब्रुअरि २०२४ मा सार्वजनिक भएको ओमोडा एन्ड जेइकोले केही महिनाभित्रै नेपालमा ७ सय वटाभन्दा बढी गाडीहरू डेलिभर गरिसकेको छ र ब्रान्डका गाडीहरू डिलर नेटवर्कमार्फत देशभर उपलब्ध रहेको छ।

एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमोडा एन्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको लागि नेपालको आधिकारिक वितरक हो।


प्रकाशित : मंगलबार, मंसिर ४ २०८११७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend