शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तोलामा एक हजार एकसय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार, मंसिर ४ २०८१
तोलामा एक हजार एकसय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला एक हजार एकसय रूपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला ३५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- मंगलबार सुनको मूल्य प्रतितोला एक हजार एकसय रूपैयाँले वृद्धि भएको छ।

सोमबार तोलामा एक हजार रूपैयाँले बढेर प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबारका लागि प्रतितोला एक लाख ६२ हजार एकसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ३५ रूपैयाँले वृद्धि भएको छ।

महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, मंसिर ४ २०८११२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend