शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ सेवा केन्द्र

मंगलबार, मंसिर ४ २०८१
मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ सेवा केन्द्र

ग्राहकहरूले यहाँबाट इन्टरनेटको नयाँ जडान, रिचार्ज, र टिभी जडान तथा रिचार्ज सेवा बुक गर्न सक्नेछन्।

काठमाडौं- सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोमको इन्टरनेट सेवाको नयाँ शाखा विस्तार भएको छ।

नगर प्रमुख फणेन्द्र प्रसादशर्माको प्रमुख आतिथ्यतामा नयाँ शाखाको उद्घाटन सम्पन्न भएको कम्पनीले जनाएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिशहोमका कर्मचारीलगायतको उपस्थिति रहेको थियो।

नयाँ सेवा केन्द्रले सैनामैना नगरपालिकाका ग्राहकहरूलाई डिशहोमका विविध सेवाहरू उपलब्ध गराउनेछ।

ग्राहकहरूले यहाँबाट इन्टरनेटको नयाँ जडान, रिचार्ज, र टिभी जडान तथा रिचार्ज सेवा बुक गर्न सक्नेछन्।

यस सेवा केन्द्रमार्फत अब सैनामैना क्षेत्रका स्थानीय ग्राहकहरूको आवश्यकता समाधान गर्न र गुणस्तरीय सेवा सुविधाहरू थप प्रभावकारी रूपमा प्रदान गर्न सहयोग गरिनेछ।

डिशहोमको यो नयाँ शाखाले सैनामैना नगरपालिकाका नागरिकहरूलाई डिजिटल सेवासम्बन्धी सहज पहुँच पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। 


प्रकाशित : मंगलबार, मंसिर ४ २०८११२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend