शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

शिखर इन्स्योरेन्सको २०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न, २० वर्षअघिदेखि कार्यरत कर्मचारीलाई दिइयो सुनको सिक्का

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ३ २०८१
शिखर इन्स्योरेन्सको २०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न, २० वर्षअघिदेखि कार्यरत कर्मचारीलाई दिइयो सुनको सिक्का

काठमाडौं- शिखर इन्स्योरेन्सको २० औँ वार्षिक उत्सव समारोहमा कम्पनीमा २० वर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीहरुलाई सुनको सिक्का तथा १० वर्षभन्दा बढी समयदेखि कार्य गर्ने कर्मचारीहरुलाई १०० ग्राम चाँदीको सिक्कासहित सम्मान गरिएको छ।

कम्पनीले विगतमा पनि हरेक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा १० वर्षभन्दा बढी समयदेखि कम्पनीमा सेवा प्रदान गर्ने कर्मचारीहरुलाई चाँदीको सिक्कासहित सम्मान प्रदान गर्दै आइरहेको छ। 

कम्पनीले आफ्नो २० वर्षको समयमा निम्न बमोजिमको सफलताहरु हासिल गर्न सफल रहेको जनाएको छ- 

- १०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी

- २०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी

- ३०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी

- ४०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी

- ५०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी

- बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा

- २० वर्षको समयमा २० अर्ब भन्दा बढीको दाबी रकम भुक्तानी

- २० वर्षको समयमा १ लाख भन्दा बढी दाबी संख्याको भुक्तानी

- २० वर्षको समयमा आफ्ना शेयरधनीहरुलाई २९५ प्रतिशतको लाभांश प्रदान

- मर्जरबिना २५० करोडको चुक्ता पुँजी पुर्‍याउने पहिलो बीमा कम्पनी

- १०० भन्दा बढी शाखा संजाल विस्तर गर्ने पहिलो बीमा कम्पनी

- ६०० जना भन्दा अधिक मानव संसाधन विकास गर्ने पहिलो बीमा कम्पनी

कम्पनीले २० वर्षको समयमा निम्न सम्मानहरु प्राप्त गर्न सफल रहेको जनाएको छ- 

- ६ पटकसम्म नेपालको बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी तथा बेष्ट इन्स्योरेन्स कम्पनीका रुपमा सम्मानित भएको

- मानव संसाधनको विकासका लागि कर्पोरेट एक्सेलेन्स अवार्ड बाट सम्मानित

- बीमा क्षेत्रमा सबैभन्दा बढी कर भुक्तानी गरेकोले आन्तरीक राजश्व विभागबाट सम्मानित

- कृषि तथा बाली बीमाको बीमा दाबी भुक्तानीका लागि नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीका रुपमा सम्मानित

- नेपाल पुनर्बीमा कम्पनीबाट सबै भन्दा बढी नाफामुलक पुनर्बीमा गरेकोमा सम्मानित


प्रकाशित : सोमबार, मंसिर ३ २०८११५:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend