शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला एक हजार रूपैयाँले बढ्यो सुनको मूल्य

सोमबार, मंसिर ३ २०८१
प्रतितोला एक हजार रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेको छ भने चाँदीको प्रतितोला १५ रूपैयाँले उकालो लागेको छ।

काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेको छ भने चाँदीको प्रतितोला १५ रूपैयाँले उकालो लागेको छ।

यो साता आइतबार प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि प्रतितोला एक लाख ६१ हजार रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी आज प्रतितोला एक हजार ९ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी प्रतितोला एक हजार ९ सय ५ रूपैयाँमा कारोबार भएको थियो।

 


प्रकाशित : सोमबार, मंसिर ३ २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend