शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौता

आइतबार, मंसिर २ २०८१
सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौता

यस सम्झौताअन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआरमा अलिपे प्लस नेटवर्कमार्फत भुक्तानी गर्न सकिने छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अलिपे प्लस नेटवर्कमा रहेका सदस्य वालेटहरूमार्फत नेपाल पे  मर्चेन्ट अन्तर देशीय भुक्तानीका लागि सम्झौता भएको छ।

आइतबार भएको सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। 

यस सम्झौताअन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआरमा अलिपे प्लस नेटवर्कमार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।

चाइना, हङकङ, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मकाउ, थाईल्याण्ड, साउथ कोरिया तथा इटालीलगायतका देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

एनसीएचएलले अलिपे प्लससँग इन्टरनेशनल पेमेन्ट पार्टनरका रूपमा आबद्ध भइ दुई नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको छ। यसै पहल अनुरूप सिटिजन्स बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको हो।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। 


प्रकाशित : आइतबार, मंसिर २ २०८११८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend