आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

नेपाल टेलिकममा रोबोट सेवा सुरु

images
आइतबार, मंसिर २ २०८१
images
नेपाल टेलिकममा रोबोट सेवा सुरु

सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताए।

images
images

काठमाडौं- नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ। सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताए।

images
images
images

उनका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीनसय सेवाग्राही आउँछन्। जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो। 'अब भने रोबोटले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौँ', उनले भने, 'सामान्य सोधपुछदेखि एनटीसी सेवाका छसय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्नुहुन्छ।'

images
images

रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको प्रमुख पन्थीले जानकारी दिए।

images
images

रोबोटले सेवाग्राहीका एनटीसीका विषयमा सोधिएका प्रश्नका जवाफ दिनेछ। साथै कुन सेवा लिन कुन शाखामा जाने नक्शा विवरण पनि रोबोटले दिनेछ। प्रमुख पन्थीले विदेशीलाईसमेत सुविधा दिने उद्देश्यले रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको बताए। रासस


प्रकाशित : आइतबार, मंसिर २ २०८११५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend